‘कर्मचारी दर्पण’ लोकार्पण
गण्डकी । कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन आइतबार पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट र जिल्ला न्यायाधीश नवराज दाहालले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रममा प्रमुख सचिव विष्टले सार्वजनिक सेवा प्रवाहका साथै राष्ट्रसेवक कर्मचारीको एकआपसमा भेटघाट र समन्वय गर्ने साझा संस्थाका रुपमा कर्मचारी मिलन केन्द्र क्रियाशील बनेको बताए । सार्वजनिक प्रशासनका विविध पक्षलगायत विभिन्न लेखरचनालाई समावेश गरी प्रकाशन गरिएको पुस्तक उपयोगी बन्ने उनले विश्वास व्यक्त गरे ।
जिल्ला न्यायाधीश दाहालले विभिन्न सेवा प्रदायक निकायमा काम गर्ने राष्ट्रसेवकको अनौपचारिक फोरमका रुपमा मिलन केन्द्र रहेको बताउँदै यसका माध्यमबाट विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुँदै आएको राससलाई जानकारी दिए ।
मिलन केन्द्रका संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले केन्द्रको सक्रियतामा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक महिना पोखरा क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक सम्पदा सरसफाइलगायत विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुने गरेको राससलाई बताए ।
मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले सार्वजनिक सेवा प्रवाहका नियमित कामका अतिरिक्त राष्ट्रसेवकबीच आपसी सद्भाव अभिवृद्धिका साथै विभिन्न सिर्जनात्मक कामलाई केन्द्रले सञ्चालन गरिरहेको बताए । सम्पदा सरसफाइका साथै हरितालिका तीजमा असहाय आश्रित महिला दिदीबहिनीका लागि दरभोजका लागि सहयोगका साथै योग दिवसलगायत हरेक कार्यक्रममा केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।
एक सय ६८ पृष्ठमा समेटिएको कर्मचारी दर्पणको प्रधानसम्पादकमा नवराज बराल रहेका छन् भने सम्पादकहरूमा नवराज गौतम, सन्तोष ढुङ्गाना र वासुदेव पौडेल छन् । पुस्तकमा सार्वजनिक प्रशासनसहित विभिन्न सेवा क्षेत्र समेटिएका विज्ञ तथा लेखकका २६ वटा रचना समावेश गरिएको मिलन केन्द्रका सचिव एवं सम्पादक सन्तोष ढुङ्गानाले जानकारी दिए ।
कार्यक्रममा नेपाल सरकारको विशिष्ट श्रेणीमा पदोन्नति भएको भन्दै केन्द्रका तर्फबाट प्रदेश प्रमुख सचिव विष्ट, पुस्तक प्रकाशनमा प्रधानसम्पादकको जिम्मेवारी निर्वाह गरेको भन्दै जिल्ला समन्वय अधिकारी बराललाई सम्मान गरिएको थियो । कास्कीका विभिन्न कार्यालयमा जिम्मेवारी सम्हाल्न हालै आएका कार्यालय प्रमुख एवं कर्मचारीलाई केन्द्रकातर्फबाट स्वागत गरिएको थियो ।
क्याटेगोरी : गण्डकी प्रदेश
ताजा अपडेट
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
- मिथिला थालीमा रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’
- भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो
- नेता निधिद्वारा जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप
- जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ: प्रधानमन्त्री ओली
- पेस्तोलसहित एक युवा रानीवनबाट पक्राउ
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया