Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशकर्णाली प्रदेश सरकारमा कांग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस

कर्णाली प्रदेश सरकारमा कांग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस


कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।

दलको शुक्रबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको प्रमुख सचेतक हिक्मतबहादुर विष्टले राससलाई जानकारी दिए ।

“दलको बैठकको निर्णयअनुसार सिफारिस भएका चारैजना मन्त्रीको नाम मुख्यमन्त्रीसमक्ष पठाएका छौँ,” उनले भने, “तत्काल नियुक्ति दिएर शपथ ग्रहणका लागि प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने काम उहाँले अगाडि बढाउनुहुन्छ । सिफारिस मन्त्रीहरुमा विजया बुढा हुम्ला, राजीवविक्रम शाह जाजरकोट, सुरेश अधिकारी सल्यान र घनश्याम भण्डारी दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का चार मन्त्रीले यही साउन ७ गते सरकारबाट समर्थन फिर्ता लिँदै मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहेका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x