Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारउप महानगरबुटवल र घोराही उपमहानगरपालिकाको बजेट सार्वजनिक

बुटवल र घोराही उपमहानगरपालिकाको बजेट सार्वजनिक


काठमाडौं । लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ९९ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले आइतबार नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा चालूतर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको बजेट तथा कार्यक्रम पेस गरेकी हुन् । उपमहानगरले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपन्छी विकास, मानव संशाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताइन् ।

दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।

नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले आइतबार पन्ध्रौं नगरसभामा आगामी बजेट सार्वजनिक गरेकी हुन् । घोराहीले चालू आर्थिक वर्षमा भन्दा २६ करोड ९४ लाख १८ हजार बढीको बजेट ल्याएको छ । चालू आर्थिक वर्षका लागि घोराही उपमहानगरले दुई अर्ब १५ करोड ८३ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि कुल विनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त हुने ससर्त अनुदान ८२ करोड ९७ लाख ५८ हजारमध्ये ११ करोड ६३ लाख २० हजार रुपैयाँ अर्थात १४ दशमलव शून्य दुई प्रतिशत पुँजीगत खर्च र ७१ करोड ३४ लाख ३८ हजार रुपैयाँ अर्थात् ८५ दशमलव ९८ प्रतिशत चालू खर्च रहेको छ ।

यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तीन करोड ६४ लाख ६२ हजारमध्ये तीन करोड ६० लाख अर्थात् ९८ दशमलव ७३ प्रतिशत पुँजीगत खर्च र चार लाख ६२ हजार अर्थात् एक दशमलव २७ प्रतिशत चालू खर्च रहेको छ । सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घरजग्गा रजिस्ट्रेसन, बैंक मौज्दातबाट विनियोजन गरिएको बजेट एक अर्ब ५६ करोड १४ लाख ९८ हजारमध्ये ५५ करोड ७१ लाख १२ हजार अर्थात् ३५ दशमलव ६८ प्रतिशत चालू खर्च र एक अर्ब ४३ लाख ८६ हजार अर्थात् ६४ दशमलव ३२ प्रतिशत पुँजीगत खर्च रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

कुल बजेटमध्ये एक अर्ब २७ करोड १० लाख १२ हजार अर्थात् ५२ दशमलव ३५ प्रतिशत चालू खर्च एक अर्ब १५ करोड ६७ लाख छ हजार अर्थात् ४७ दशमलव ६५ प्रतिशत पुँजीगत खर्च रहेको छ । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ५५ करोड ८८ हजार, संघीय वित्तीय समानीकरण अनुदानबाट ३० करोड ३१ लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ७० लाख २६ हजार छ सय एक, सङ्घीय रोयल्टी बाँडफाँटबाट नौ लाख ७३ हजार तीन सय ९९ सङ्घीय ससर्त अनुदानबाट ८२ करोड २२ लाख ५८ हजार र सङ्घीय विशेष अनुदानबाट ७५ लाख व्यहोरिने जनाइएको छ ।


क्याटेगोरी : उप महानगर, लुम्न्बिनी प्रदेश
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x