Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशमधेश प्रदेशमा बालश्रमिकको संख्या एक लाख ७२ हजार

मधेश प्रदेशमा बालश्रमिकको संख्या एक लाख ७२ हजार


जनकपुर । मधेश प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँचदेखि १७ वर्ष उमेर समूहका बालश्रमिकको संख्या एक लाख ७२ हजार रहेको पाइएको छ । जनकपुरधाममा आसमान नेपाल नामक संस्थाले एक कार्यक्रमको आयोजना गरी बाल श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको हो ।

आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले मधेश प्रदेशमा विद्यालयबाहिर भएका २१ प्रतिशत बालबालिकालाई विद्यालय पठाउन सकेमा बाल श्रमिकको संख्या कम गर्न सकिने बताए । प्रदेशका बालश्रमिकहरूमध्ये सहरी क्षेत्रमा मात्र १२ दशमलव चार प्रतिशत रहेका छन् । ग्रामीण क्षेत्रमा बाल श्रमिकको संख्या नौ दशमलव आठ प्रतिशत रहेको आसमानका परियोजना संयोजक दिपेन्द्र तिवारीले जानकारी दिए । गरिबी तथा अशिक्षाका कारण बालश्रमिकमध्ये तीन दशमलव चार प्रतिशत अर्थात् ५० हजार नौ सय ३२ जना बालश्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको उनले बताए । मधेश प्रदेशमा विद्यालय जाने उमेर समूहका बालबालिकाको संख्या १४ लाख ९८ हजार छन् ।


क्याटेगोरी : मधेश प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x