Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशमधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार


महेन्द्रनगर  मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री सिंहले आज नेपाली कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्री नियुक्त गरेका हुन।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी भएको छ । लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएका थिए । यसअघि उक्त मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हाल्नु भएको थियो । उनलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजै नेपाली कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए ।
नवनियुक्त मन्त्रीहरूलाई मधेस भवनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएका थिए । रासस

क्याटेगोरी : मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x