Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशमधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव


जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा. यादव मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गरेका छन् । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त भएका थिए ।

राससका अनुसार विगत पाँच महिनादेखि लोक सेवा आयोगमा पदाधिकारी विहीन हुँदा कर्मचारी भर्ना तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्तरवार्ता तथा छनौट प्रक्रिया अवरुद्ध भएको थियो । २०७६ भदौ ४मा प्रदेश लोक सेवा आयोगको गठन तथा स्थापना भएको थियो ।


क्याटेगोरी : मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x