कोशी प्रदेशको श्रमाधान रोजगार मेला
रोजगारीको लागि दुई हजारको आवेदन, मात्रै ४० जनाको रोजगारी पक्का !
विराटनगर । कोशी प्रदेशको विराटनगरमा भएको ‘श्रमाधान रोजगार मेला’मा उद्योगहरूले मागेअनुसारको कामदार नपाएको पाइएको छ । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा भएको सो मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार चार सय ९५ गरी दुई हजार पाँच सय ३७ जना दक्ष कामदार माग गरेका थिए । तर दुई हजार जना युवाहरूले मात्रै रोजगारीको लागि आवेदन दिएका थिए । मागभन्दा कम आवेदन परे पनि आवेदन परेका सबैले रोजगारी पाउन सकेनन् । तीमध्ये पनि मात्रै ४० जनाको रोजगारी सुनिश्चित भएको पाइएको छ । बडो तामझामका साथ आयोजना गरिएको सो मेलाको उपलब्धि कोशी प्रदेशमा भने शून्यप्रायः देखिएको छ । कोशी प्रदेशबाट सुरु गरिएको सो मेला देशका सातै प्रदेशमा भइरहेको छ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।
कोशी प्रदेशको विराटनगरस्थित सिटी प्यालेसमा सो मेला सञ्चालन गरिएको थियो । विराटनगरमा भएको मेलाको अवलोकन भने पाँच हजारभन्दा धेरैले गरेको उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । उनका अनुसार मेलास्थलमा ४० जनाको रोजगारी सुनिश्चित भएको थियो भने दुई सय ५० जना आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् । मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बीमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सात वटा स्टल मेलामा राखिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोेशी प्रदेशको संयोजनमा भएको मेलामा आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि मेलाको आयोजकका रूपमा रहेका थिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका छन् ।
क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया