महिलाका लागि मोरङ अदालतले छुट्टै इजलास स्थापना गर्ने
विराटनगर । मोरङ जिल्ला अदालतले आगामी आर्थिक वर्षदेखि महिलाको मुद्दा हेर्ने गरी छुट्टै इजलास स्थापना गर्ने भएको छ । राष्ट्रिय महिला आयोग काठमाडौंद्वारा विराटनगरमा आयोजित महिला हिंसा निवारणका लागि सुरक्षा निकायमा रणनीतिक योजना विषयक कार्यक्रममा महिलासम्बन्धी मुद्दाको न्याय सम्पादन छिटो तरिकाले गर्न एवं मुद्दाको चाप घटाउन इजलास थप गर्न लागिको जानकारी गराइएको थियो ।
कोशी प्रदेशमा चालू वर्षको १० महिनाको अवधिमा प्रहरीमा एक हजार तीन सय ३५ घरेलु हिंसासम्बन्धी उजुरी आएको कार्यक्रममा सहभागीहरूले जानकारी दिएका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नगरमा महिलामैत्री बजेट निर्माण गरेको बताउँदै महिला हिंसामा पीडितलाई चालू वर्षमा १० लाख राहत वितरण पनि गरिसकेको जानकारी दिए । महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम सञ्चालन गरी स्वरोजगारमा बनाउनेतर्फ पनि उनले विशेष जोड दिए ।
महिला आयोगकी सदस्य कृष्णा कुमारी पौडेल खतिवडाले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत र समानुपातिकमा ५० प्रतिशत उम्मेदवार बनाउनतर्फ दलहरू अग्रसर हुनुपर्ने बताइन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महिलाहरूलाई सबल र अब्बल बनाउन सचेतना र नीति तथा कार्यक्रममा पहुँच आवश्यक रहेको बताए । कोशी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले प्रदेशमा महिला हिंसाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै कोशी प्रदेशमा अहिलेसम्म प्रदेश प्रहरीबाट चार हजार महिलालाई सचेतना कार्यक्रम सञ्चालन गरी सकेको जानकारी दिए ।
क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
- एनसेलमा भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने
- कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने
- ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुुदान योजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया