Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशसभा बैठक: प्रतिपक्षद्वारा सदन बहिष्कार

कोशी प्रदेशसभा बैठक: प्रतिपक्षद्वारा सदन बहिष्कार


विराटनगर । कोशी प्रदेशसभाको पाँचौं अधिवेशनको बुधबारको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका छन् ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो । निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए ।

सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरिन । उनीहरुले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु गरेको बाचा पूरा नहुने धारणा राखे लगत्तै उनीहरुले संसदीय दलको निर्णय भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरे । राससका अनुसार सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि बढाउन अहिले वार्ता भइरहेको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x