कोशी प्रदेश मन्त्रिपरिषद् बैठक: तीन समिति गठन
मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले राससलाई जानकारी दिए ।
यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ ।
यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई दोस्रो संशोधन गर्र्ने निर्णय गरेको छ । प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन, २०७५ लाई संशोधन गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८० लाई खारेज गर्न बिहीबार प्रदेश प्रमुखलाई सिफारिस गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता अधिकारीले बताए ।
प्रदेश कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अनुदान दिने निर्णयलाई संशोधन गर्ने निर्णय गरिएको, कोशी प्रदेश बीउबिजनका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।
यस्तै जीव नाशक विषादी व्यवस्थापनका सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, पुराना घरका काठ गाउँबाट सहरमा ल्याउन÷लैजान (ओसारपसार) गर्न ६ महिनाका लागि खुला गर्ने निर्णयसमेत गरिएको मन्त्री अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : कोशी प्रदेश
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया