Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशराजस्व सेटिङको विवादमा लक्ष्मी फुड्सका सञ्चालक अग्रवाल

राजस्व सेटिङको विवादमा लक्ष्मी फुड्सका सञ्चालक अग्रवाल


विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित मैदा उद्योगमा राजस्व अनुसन्धान विभागबाट आएको टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । तर उद्योगीसँगको सेटिङमा राजस्वले कारबाही अगाडि नबढाएको घट्ना बाहिरिएसँगै अहिले मैदा मिलका सञ्चालकहरू राजस्वसँग सेटिङको लागि डिल गर्न लागेको पाइएको छ ।

समाचार स्रोतका अनुसार विराटनगरका उद्योगी एवं व्यापारी दिपक अग्रवालले सञ्चालन गर्दै आएको लक्ष्मी फुड्स एन्ड स्नेक्स उद्योगमा राजस्वले छापा मारेको थियो । सो उद्योगले मैदा, चक्की आँटा, सुजी, न्युुटेला, फिगर चिप्स, सोयाबढीजस्ता उत्पादनमा व्यापक राजस्व छली गरेको उजुरी परेको थियो । उजुरीपश्चात् राजस्वले केही समय अगाडि सो उद्योगमा छापामारी कागजपत्र समेत नियन्त्रणमा लिएको थियो । तर उक्त उद्योगका सञ्चालक अग्रवालले राजस्व टोलीसँग लेनदेनका आधारमा घटना मिलान गरी कारबाही हुनबाट जोगिएको पाइएको छ । सो खुलासा भएसँगै अहिले कोरिडोरका मैदा उद्योगीहरू नीतिगत निर्णयबाट सधैँको लागि राजस्वसँग सेटिङ मिलाउने रणनीतिमा लागेको पाइएको छ । सो कार्यको नेतृत्व उनै अग्रवालले गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा गठित सरकारलाई खुसी बनाएर सेटिङ्गमा उद्योग सञ्चालन गर्दै आएका अग्रवालले छोटो समयमा नै आफ्नो उद्योगमा करिब एक करोड ५० लाख खर्च गरेर चक्की आँटाको प्लान्ट राखेपछि नै उनी विवादमा आएका थिए । इटहरी उपमहानगरपालिका वडा नम्बर १३ मा सञ्चालन हुँदै आएको लक्ष्मी फुड्स एन्ड स्नेक्सले एक महिना अगाडि मात्रै चक्की आँटाको नयाँ प्लान्ट सञ्चालनमा ल्याएको थियो । यस्तै, सो मैदा उद्योगले आफ्नो उत्पादन(मैदा)देखि चक्की आँटाको बिक्रीका लागि बजारमा पठाउँदा नै दुईवटा बिलको प्रयोग गर्ने गरेको र राजस्वसँग सेटिङ गरी भीसीटीएस प्रणालीमै प्रवेश नै नगरी मुनाफा खाने गरेको स्रोतले दाबी गरेको छ ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x