बराहक्षेत्रमा सफाइ अभियान सुरु
धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ ।
नगर प्रमुख रमेश कार्कीले बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा भक्तजनको चहलपहल धेरै हुने भएकोले मन्दिर क्षेत्रमा सरसफाइमा ध्यान दिएको राससलाई बताए । अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको आर्थिक विकास संयोजक तेकबहादुर गुरुङ्ले बताए । उनले भने, “हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र बनाउनुपर्नेमा सबै लागिपर्नुपर्छ । ”
अभियानको क्रममा पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्दै गएकोले नगरपालिकाले सडकको सरसफाइ र डेङ्गुको लार्भा नष्ट गर्दै आप्mनो घर अगाडि फोहर व्यवस्थापन गर्न थालिएको छ । साथै पानी जम्ने खाल्टाखुल्टीमा पानी जम्न नदिन सबै नगरवासीलाई नगरपालिकाले अनुरोध गर्दै आएको छ । अभियानमा स्थानीयवासी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, राजनीति दलका नेता ,स्थानीय सङ्घ संस्था , नेपाल प्रहरी र नगरप्रहरीलगायतको सहभागिता छ ।
क्याटेगोरी : कोशी प्रदेश
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया