Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जानवीकरणीय ऊर्जा परियोजनामा दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापनसम्बन्धी तालिम

नवीकरणीय ऊर्जा परियोजनामा दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापनसम्बन्धी तालिम


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेसनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दिगो वित्तीय उपकरण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

मेरियट होटल काठमाडौंमा सोमबार र मंगलबार आयोजना गरिएको सो कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । दुईदिने तालिमको उद्घाटनमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरूको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा आयोजना गरिएको दिगो वित्तीय उपकरणसम्बन्धी तालिमले नवीकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पु¥याउने बताए । यस्तै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् ।

यसैगरी इप्पान र आईसीएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक–पर्यावरण द्वन्द्व व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम पनि केही दिनअघि मात्र सम्पन्न भएको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा गत असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरणसम्बन्धी द्वन्द्व व्यवस्थापनका बारेमा आईसीएचका तर्फबाट दर्जनौँ पेपरहरू प्रिजेन्टेसन गरिएको थियो । उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका तीन जना ऊर्जा उद्यमीहरूको सहभागिता थियो । सहभागीहरूलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् । इप्पान र आईसीएचबीच विगत डेढ दशकदेखि नविकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया