Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जाछ उद्योगमा काटिएको बिजुली प्राधिकरणले जोड्यो

छ उद्योगमा काटिएको बिजुली प्राधिकरणले जोड्यो


पछिल्लो समयमा विवादित बनेको छवटा उद्योगको बिजुली लाइन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार मंगलबार साँझ पुनः जोडिएको छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची, जगदम्बा सिन्थेटिक, हुलास स्टिल र जगदम्बा स्टिलको लाइन काटिदिएको थियो । सबै उद्योगमा मंगलबार साँझ ८ बजेपछि पुनः लाइन जोडिएको हो ।
प्राधिकरण सञ्चालक समिति वैठकक ती उद्योगमा पुनः लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले सम्बन्धित कार्यालयलाई बिजुली जोडिदिन पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार प्राधिकरणका कार्यालयहरूले लाइन सुचारु गरिदिएका हुन् ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको ‘डेडिकेटेड फिडर’ तथा ‘ट्रंक लाइन’को बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाएको थियो । असार ९ गते छ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । उद्योगीलाई दिएको समय सकिएको भन्दै प्राधिकरणले छवटा उद्योगको लाइन काटेको हो । उद्योगीहरूले टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटरको रेकर्ड दिएमात्रै बक्यौता तिर्ने बताएका छन् । प्राधिकरणले त्यो मिटरको रेकर्ड दिन सकेको छैन ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षता बनेको जाँचबुझ आयोगले प्रतिवेदनमा २०७२ साउनदेखि पुससम्मको करिब छ महिनाको अवधि, २०७२ माघदेखि २०७५ वैशाखसम्म र २०७५ जेठदेखि २०७७ असारसम्मको फरक–फरक अध्ययन गरेको सुझाव दिएको छ । लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने जिकिर प्राधिकरणकाका प्रबन्ध निर्देशक कुलमान घिसिङले गर्दै आएका छन् ।

नियमअनुसार नै विद्युत् बक्यौता उठाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गरेका हुन् ।

‘हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ’, ओलीले लेखेका छन् । यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रस्ट पारेका छन् ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x