सतबाँझ–श्रीभावर–हाट सडक निर्माण तीव्र
काठमाडौं, सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माणले तीव्रता पाएको छ । उक्त योजनाअन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिए । यसअघि छ किलोमिटरमा कालोपत्रेको काम अन्तिम चरणमा रहेकोमा थप १४ किलोमिटर कालोपत्रे गर्न भ्याटबाहेक रु ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको छ । गाडागाउँदेखि कठेगौँडासम्मको उक्त १४ किलोमिटरको सडक कालोपत्रको काम गर्न तीन वर्ष लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
यसका साथै कठेगौँडादेखि थप २० किलोमिटर स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि रु १७ करोड ७५ लाखको ठेक्का आह्वान भएको छ । जसमा सडक चौडा पार्ने, वाल लगाउने र ट्रयाक खोल्ने कार्य हुनेछ । यसका साथै श्रीभावर–हाट खण्डदेखि अगाडि साढे १३ किलोमिटर खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ ।
प्रदेश गौरवको यो योजनाले निर्माण सम्पन्न भएमा बझाङ, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकका लागि बैतडी जिल्ला सदरमुकाम जोड्ने द्रुत मार्गका रुपमा प्रयोग हुनेछ । साथै भारतीय सीमानाका झुलाघाटका लागि समेत छोटो बाटोको रुपमा प्रयोग हुने भएकोले व्यापार व्यवसाय बढाउन मद्दत पुग्ने सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर विष्टले बताए ।
आर्थिक वर्ष २०५५÷५६ सालमा यो सडकको शिलान्यास गरिएको भए पनि प्रदेश सरकार आएपछि गति लिएको छ । शुरुमा ट्रयाक खोल्नमै ढिला भएकोमा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको हो । लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् । रासस
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया