Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जानेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास

नेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास


काठमाडौं,उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले अझ मजबुद बनाएको बताए ।

राजदूत चौधरीले दुई देशको सम्बन्धमा विद्युत् प्रसारण लाइन कोशेढुङ्गा सावित हुने विश्स व्यक्त गरे । उनले यहाँस्थित बङ्गलादेशी राजदूतावासले २३ जुनमा कला प्रदर्शनीको आयोजना गर्न लागेकामा उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको उपप्रधानमन्त्रीको सचिवालले जनाएको छ।

विश्व मातृभाषा दिवसका सन्दर्भमा जुन २३ मा ‘लभ एण्ड ल्याङ्ग्वेज’ शीर्षकमा हुने कला प्रदर्शनीमा नेपालका ३५ कलाकारको कला प्रदर्शन हुने बताइएको छ । रासस


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा

तपाईको प्रतिक्रिया