Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारआँखुखोलाको हकप्रद पारित

आँखुखोलाको हकप्रद पारित


काठमाडौं । आँखुखोला जलविद्युत्कम्पनी लिमिटेडले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । कम्पनीको काठमाडौंमा सम्पन्न १५ औँ साधारणसभाले १ः१.५ को अनुपातमा हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवर्द्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभालाई सम्बोधन गर्दै आँखुखोला जलविद्युत् कम्पनीका अध्यक्ष राम श्रेष्ठले सेयरधनीको हकहितको लागि आफूहरू लागि रहने बताए । सभामा २० मेगावाटको आँखुखोला–२ जलविद्युत् आयोजनाको बारेमा कम्पनीका सल्लाहकार उत्सव बरालले सेयरधनीहरूलाई जानकारी दिएका थिए ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया