Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ७६ बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ७६ बिन्दुमा खुम्चियो सेयर बजार

शुन्य दशमलव ८० अंकले घट्दा तीन अर्ब ६७ करोडको कारोबार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन झण्डै २९ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने शुन्य दशमलव ८० अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ११ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ६२ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज दुई सय ९३ वटा कम्पनीहरुको ६५ हजार तीन सय १७ पटकको कारोबारमा एक करोड ११ लाख ८३ हजार तीन सय ३५ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैंयाँ पुग्न सुफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, जलबिद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया