Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजार परिसुचक २१ सय ५४ बिन्दुमा

सेयर बजार परिसुचक २१ सय ५४ बिन्दुमा

झण्डै १० अंकले उकालो लाग्दा तीन अर्ब ५४ करोडको सेयर खरिद–बिक्री


काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन ४७ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन नौं दशमलव ९१ अंकले उकालो लागेर २१ सय ५४ दशमलव शुन्य सात बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य चार अंकले उकालो लागेर चार सय सात दशमलव १३ बिन्दुमा कायम रहन सफल भएको छ ।

धितोपत्र बजारमा आज दुई सय ५५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५६ हजार चार सय ७६ पटकको कारोबारमा ८६ लाख ७६ हजार चार सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल १३ वटा उपसमुमहरु मध्ये बाँणिज्य बैंक, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य समुहको सुचक बढेका छन । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, सामुहिक लगानी कोष र टे«डिङ उपसमुहहरको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया