मौद्रिक नीति कार्यान्वयनले सेयरबजार बढ्ला ?
मौद्रिक नीतिपछि सेयरबजारमा गिरावट आएको छ । गत साताको आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीतिमा ब्याजदर घट्ने व्यवस्था नआएको र सेयर धितोकर्जाको जोखिम भार घटाउन कर्जामा सीमा तोक्ने भएपछि सेयरबजार नकारात्मक बनेको हो ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गरिसकेको छ । मौद्रिक नीतिअनुसारकै निर्देशन जारी हुन्छ कि हुँदैन भन्नेमा धेरैलाई आशंका भएकाले पनि बजारमा गिरावट आएको कतिपयको विश्लेषण छ । सेयर कर्जामा जोखिमभार कम हुँदा बैंकहरूले कम ब्याजदरमा कर्जा दिन सक्छन् । यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा मात्र जोखिमभार एक सय प्रतिशत र त्यसभन्दा माथि एक सय ५० प्रतिशत रहेको थियो । कतिपयले ठूलो कर्जामा अझै पनि जोखिमभार एक सय ५० प्रतिशत कायम राखिएकाले सेयरबजारमा लगानी बढ्ने सम्भावना न्यून भएको बताएका छन् । यहीकारण गतसाता नै सेयरबजारले नकारात्मक बाटो रोजेको विश्लेषण गरिएको छ ।
गतसाता पाँच कारोबार दिनमा आइतबार सेयरबजार ६३ अंकले घटेको थियो । मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा सेयर लगानीकर्ताले खरिद चाप बढाएका थिए । तर लचिलो भनेर कसिलो मौद्रिक नीति आएको भन्दै विश्लेषण हुन थालेपछि सोमबारदेखि बजारले नकारात्मक प्रतिक्रिया देखाएको छ । यहीकारण सोमबारयता नेप्से परिसूचक एक सय अंकले घट्यो । सातामा समग्रमा बजार ३७ अंक अर्थात् एक दशलमव ७३ प्रतिशतले घटेको छ । अघिल्लो साता नेप्से दुई हजार एक सय ६३ दशमलव ९२ विन्दुमा बन्द भएको थियो ।
एक सातामा १६ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दैनिक औसत कारोबार तीन अर्ब ३७ करोड रुपैयाँको भएको छ । सोमबार सर्वाधिक चार अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो भने बिहीबार साताकै न्यून दुई अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गतसाता साना किसान लघुवित्तका सेयरधनीले सर्वाधिक ३० प्रतिशतले कमाएका छन् । त्यसपछि मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले १० दशमलव १३ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै एनआईबीएल ग्रोथ फन्डका इकाइधनीले २१ दशमलव ४८ प्रतिशतले गुमाएका छन् । त्यसपछि जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले १० दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।
सातामा फाइनान्स समूह सबैभन्दा धेरै चार दशमलव १९ प्रतिशतले घटेको छ । जीवन बीमा समूह तीन दशमलव ६७ प्रतिशत र उत्पादनमूलक समूह तीन दशमलव ३४ प्रतिशतले घटेको छ । एक सातामा सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको ५८ करोड ६७ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ४९ करोड ६९ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको ४८ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया