Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ४८ बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ४८ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३८ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार तीन दशमलव २१ अंकले ओरालो लागेर दुई हजार ४८ दशमलव २६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५९ अंकले ओरालो लागेर तीन सय ९० दशमलव ४३ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ६७ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट एक लाख एक हजार दुई सय ३६ पटकको कारोबारमा ६६ लाख ४७ हजार एक सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बेैंक, जलबिद्युत, लगानी र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक बढेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया