Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजाररोकिएन नेप्सेको निरन्तरको ओरालो यात्रा

रोकिएन नेप्सेको निरन्तरको ओरालो यात्रा

झण्डै तीन अंकले घट्दा एक अर्ब १३ करोडको सेयर खरिद–बिक्री


काठमाडौं । सेयर बजारको निरन्तरको ओरालो यात्राले साताको चौैथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । बजार परिसुचक आज दुई दशमलव ८२ अंकले ओरालो लागेर १९ सय ९० दशमलव ५९ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १३ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३२ हजार दुई सय ९८ पटकको कारोबारमा ३८ लाख तीन हजार दुई सय ४४ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब १३ करोड आठ हजार ४१ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन र टे«डिङ उपसमुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया