ब्याजदर घट्ने अपेक्षामा बढ्यो सेयरबजार
काठमाडौं । ब्याजदर घटाउने सर्तमा बैंकहरूलाई स्थानीय तहको ६० प्रतिशत पैसा निक्षेपमा गणना गर्न दिएपछि सेयरबजारमा सकारात्मक असर परेको छ । लगानीकर्ताले असोजमा बैंकहरूले निक्षेपको ब्याजदर घटाउने अपेक्षा गरेका छन् । ब्याजदर घट्ने सम्भावना बढेपछि सोमबार सेयरबजार मौद्रिक नीति सार्वजनिक भएयताकै उच्च अंकले बढेको छ ।
बजार परिसूचक नेप्से ४४ दशमलव ३० अंकले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा कायम भएको छ । आइतबार सामान्य बढेको बजार सोमबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको थियो । कारोबारमा आएका दुई सय २८ कम्पनीको सेयरमध्ये दुई सय १२ वटाको मूल्य बढ्दा बजार हरियाली बनेको हो । बजार बढे पनि ११ कम्पनीका सेयरधनीले गुमाएका छन् भने पाँचवटाको सेयरमूल्य स्थिर रहेको छ ।
आईपीओ, हकप्रद र ब्याजदरका कारण सेयरको आपूर्ति बढ्दा बजार दबाबमा थियो । बैंकहरूले पर्याप्त तरलता भए पनि भदौमा ब्याजदर बढाएका थिए । यही कारण घट्दो क्रममा रहेको बजार एकाएक बढ्नुमा बैंकहरूले ब्याजदर घटाउने सर्तमा स्थानीय तहको पैसा चलाउनु नै प्रमुख कारण भएको विश्लेषकहरूले बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउने सर्तमा स्थानीय तहको पैसा चलाउन दिएका थिए । सोहीअनुरूप बैंकहरूले असोजमा ब्याजदर घटाए भने बजार थप बढ्नसक्ने अनुमान लगानीकर्ताको छ ।
तर, रेखाचित्र विश्लेषणमा बजारले करिब १८ सयलाई टेवा मानेर फर्किएकाले धेरै माथि जान नसक्ने देखिन्छ । प्राविधिक विश्लेषकहरूले दुई हजार अंकको रेखा मनोवैज्ञानिक अवरोधको विन्दु भएकाले पनि सो विन्दुमा अवरोध निर्माण हुनसक्ने आशंका गरेका छन् । किनभने अहिले बजारमा आईपीओ र हकप्रदका कारण ‘ओभरसप्लाइ’को स्थिति छ । बजारमा उच्च वृद्धि हुँदा पनि कारोबार रकममा खासै उत्साह नदेखिँदा यस्तो शंका गर्नुपर्ने अवस्था देखिएको छ ।
दैनिक कारोबार एक अर्बभन्दा कममा झरेको थियो । सोमबार पनि करिब डेढ अर्बको मात्रै कारोबार भएको छ । एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँबराबरको ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति पनि ६६ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण २९ खर्ब ७४ अर्बमा कायम भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहहरू बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह तीन दशमलव ६५ प्रतिशत, व्यापार तीन दशमलव ६३ प्रतिशत र होटल तथा पर्यटन तीन दशमलव ४५ प्रतिशतले बढेका छन् । त्यसपछि जलविद्युत् दुई दशमलव ९९ प्रतिशत, जीवन बीमा र निर्जीवन बीमा दुई दशमलव ८८ प्रतिशत, विकास बैंक दुई दशमलव ३४ प्रतिशत, उत्पादन तथा प्रशोधन दुई दशमलव २४ प्रतिशत, लगानी दुई दशमलव शून्य एक, बैंकिङ एक दशमलव ९६, लघुवित्त एक दशमलव ६७, अन्य एक दशमलव ३८ र म्युचुअल फन्ड शून्य दशमलव ५१ प्रतिशतले बढेका छन् ।
यस दिन थ्रिस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको सेयर कारोबार सकारात्मक ‘सर्किट लेभल’मा भएको छ । बजार बन्द हुँदा थ्रिस्टारको सेयरमूल्य नौ दशमलव ९८ र मेन्छियामको नौ दशमलव ९७ प्रतिशतले बढेको छ । त्यसपछि मोलुङ हाइड्रोपावरको सेयरमूल्य नौ दशमलव ८७, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नौ दशमलव ८५ प्रतिशतले बढेका छन् । बजार बढे पनि आशा लघुवित्तका सेयरधनीले दुई दशमलव ७४ प्रतिशतले गुमाएका छन् । योभन्दा धेरै चार म्युचुअल फन्डको मूल्य घटेको छ । सिद्धार्थ लगानी ग्रोथ स्किम–२ को सात दशमलव ४३ प्रतिशत, नबिल बैंकको ऋणपत्रको तीन दशमलव ७८ प्रतिशत, आरबीबी म्युचुअल फन्डको तीन दशमलव १४ प्रतिशत र सूर्योदय वोमी लघुवित्तको तीन दशमलव शून्य ३ प्रतिशतले मूल्य घटेको छ ।
यस दिन साल्ट ट्रेडिङको सेयर कारोबार सर्वाधिक छ करोड २५ लाख ५२ हजार रुपैयाँको भएको छ । यसपछि एभरेष्ट बैंकको पाँच करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया