Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार चार बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार चार बिन्दुमा खुम्चियो सेयर बजार

झण्डै छ अंकले ओरालो लाग्दा एक अर्ब ५६ करोडको सेयर खरिद बिक्री


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १९ दशमलव ४२ अंकले खुम्चिएको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पाँच दशमलव ८९ अंकले खुम्चिएर दुई हजार चार दशमलव ४५ बिन्दुमा सिमित भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ ईन्डेक्स पनि एक दशमलव ९४ अंकले खुम्चिएर तीन सय ८३ दशमलव ६७ बिन्दुमा सिमित भएको छ ।

धितोपत्र बजारमा आज दुई सय ८४ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसअन्र्तगत ७८ हजार चार सय २१ पटकको कारोबारमा ६५ लाख १६ हजार छ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधामा आज कुल कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ रुपैंयाँमा सिमित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक,बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेर रातो देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया