Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार१९ सय अंकबाट पनि तल झर्यो सेयर बजार

१९ सय अंकबाट पनि तल झर्यो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक १९ सय बिन्दुबाट पनि तल झरेको छ । अघिल्लो दिन १२ दशमलव ५८ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १९ दशमलव छ अंकले ओरालो लागेर १८ सय ८९ दशमलव ५९ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले ओरालो लागेर तीन सय ६१ दशमलव ३१ बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज दुई सय ८२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४४ हजार ६९ पटकको कारोबारमा ४२ लाख ८७ हजार चार सय २४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया