Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारअन्तत, बजार परिसुचक १८ सय ७४ बिन्दुमा

अन्तत, बजार परिसुचक १८ सय ७४ बिन्दुमा

२० अंकले ओरालो लाग्दा एक अर्ब ७० करोडको सेयर कारोबार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव १६ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार २० दशमलव १६ अंकले ओरालो लागेर १८ सय ७४ दशमलव ६० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९५ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव १३ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ९२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६२ हजार ४६ पटकको कारोबारमा ७५ लाख ५७ हजार पाँच सय ४२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७० करोड एक लाख २९ हजार आठ १५ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया