Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार१९ सय तीन बिन्दुमा खुम्चियो सेयर बजार

१९ सय तीन बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ४३ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार चार दशमलव शुन्य पाँच अंकले ओरालो लागेर १९ सय तीन दशमलव ८४ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १३ अंकले उकालो लागेर तीन सय ६७ दशमलव ११ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज दुई सय ८४ वटा कम्पनीहरुको २५ हजार पाँच सय २० पटक सेयर किनबेच भएको छ । जसबाट आज ३७ लाख ६६ हजार एक सय ५३ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम ९७ करोड छ लाख १२ हजार आठ सय ९२ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, लगानी, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेर बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया