काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । यसको असरले सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । तर, बजारमा गिरावट देखिएको छ । ब्याजदर घटेपछिको पहिलो कारोबार दिन सोमबार नेप्से एक अंकले बढ्यो । तर, दोस्रो कारोबार दिन मंगलबार २३ दशमलव ८२ अंकले घटेको छ ।
सामान्यतया ब्याजदर र सेयरबजारबीच विपरीत सम्बन्ध हुने सिद्धान्त छ । जसअनुसार ब्याजदर घट्दा सेयरबजारका सूचकहरु बढ्नुपर्ने हो । तर, मंगलबार बजारले विपरीत प्रतिक्रिया दिएको छ । अर्थात् नेप्सेमा गिरावट आएको छ ।
कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक कारोबार बन्द हुँदा एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा कायम भएको छ ।
ब्याजदर घटे पनि नेप्से बढ्न नसक्नुको प्रमुख कारण बैंक तथा वित्तीय संस्थाको नाफामा गिरावट आउनु हो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । केही नोक्सानीमा गएका छन् ।
यसबाहेक अर्थतन्त्रमा जारी मन्दीका कारण पनि सेयर लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । विभिन्न आर्थिक सूचकहरु सकारात्मक देखिए पनि लगानीयोग्य वातावरण बन्न सकेको छैन । चाडपर्वका बेला समेत बजार अपेक्षाअनुसार चलायमान बन्न सकेन । महँगी उच्च दरमा भएकाले उपभोक्ताको क्रयशक्ति कमजोर बनेको छ । यसले उपभोग घटाएको छ अर्थात् माग घटेको छ । माग घटेपछि औद्योगिक उत्पादन पनि कटौती भएको छ । यसबाट कर्जाको माग बढ्न सकेको छैन । बैंकमा निक्षेप थुप्रिँदै गएको छ तर कर्जाको माग न्यून छ । यसले समग्र अर्थतन्त्रमा मन्दी रहेको देखाउँछ ।
अर्थमन्त्रमा मन्दी रहेका बेला सेयरबजारले पनि नकारात्मक प्रक्रिया देखाउनु स्वाभाविक भएको विश्लेषकहरु बताउँछन् । मंगलबार कारोबारमा आएका दुई सय ३७ कम्पनीमध्ये दुई सय एकवटाको सेयरमूल्यमा गिरावट आएको छ । ३१ कम्पनीको सेयरमूल्य बढेको छ भने पाँच कम्पनीको स्थिर छ ।
यस दिन ९५ करोड चार लाख ७९ हजार पाँच सय ८३ रुपैयाँबराबरको ३६ लाख ७५ हजार एक सय एक कित्ता सेयर कारोबार भएको छ । लगानीकर्ताले एकै दिन ३६ अर्ब रुपैयाँबराबरको सम्पत्ति गुमाएका छन् । बजार पुँजीकरण २८ खर्ब २१ अर्ब रुपैयाँ कायम भएका छन् ।
म्युचुअल फण्डबाहेक सबै उपसमूह घटेका छन् । म्युचुअल फन्ड समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक तीन दशमलव १२ प्रतिशत र लघुवित्त समूहको दुई दशमलव ८९ प्रतिशतले घटेको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया