Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबिहीबार पनि बढ्यो नेप्से

बिहीबार पनि बढ्यो नेप्से


काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेप्से परिसूचक नौ दशमलव ८७ अंकले बढेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ ।

कारोबार भएका दुई सय ३८ कम्पनीमध्ये एक सय ६१ कम्पनीको सेयरमूल्य बढ्दा बजार सकारात्मक बनेको हो । बजार बढे पनि ६७ कम्पनीको सेयरमूल्य घटेको छ भने १० कम्पनीको सेयरमूल्य स्थिर छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको सेयरमूल्य उकालो लागेको छ । कुल ४४ लाख २० हजार पाँच सय १८ कित्ता सेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० रुपैयाँमा खरिदबिक्री भएको छ ।

लगानीकर्ताको सम्पत्ति १६ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण २८ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएकोे छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको १३ करोड १० लाख ७६ हजार एक सय पाँच रुपैयाँबराबरको कारोबार भएको छ । यस्तै, सोनापुर मिनरल्स नौ करोड ५८ लाख एक सय ६९ रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड पाँच करोड ४१ लख ९८ हजार एक सय ८१ रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स पाँच करोड ३० लाख ४४ हजार चार सय ८५ रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँच करोड २१ लख २७ हजार सात सय १४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर आठ दशमलव ५८, सिक्लेस हाइड्रोपावर आठ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स आठ दशमलव २५ र सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले छ दशमलव ३१ प्रतिशतले कमाएका छन् । यस्तै, नबिल बैंक आठ दशमलव २० प्रतिशत, किसान लघुवित्त पाँच दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३४, माहुली लघुवित्त चार दशमलव ५३ रहिमालयन लघुवित्तका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया