एक घण्टाको अन्तरालमै सेयर बजारमा तीब्र उतारचढाव
काठमाडौं । एकैदिन नेप्से सूचक ६ प्रतिशतले बढेपछि आइतबारलाई बन्द भएको शेयर बजार दोस्रो दिन आज(सोमबार) भने तीव्र उतारचढाव देखिएको छ । आज १०:३० बजे खुलेको प्रि–ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।
११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १९३७ मा झर्यो । अर्को ६ मिनेटमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । १२ बजे बजार केही सम्हालिंदै अघिल्लो दिनको तुलनामा १९ अंक घटेको छ ।
१२ बजेसम्म दुई अर्ब आठ करोड रुपैयाँको कारोबार भयो । १२ बजेसम्म बैंकिङ १.१, विकास बैंक १.७, फाइनान्स १.१, होटल तथा पर्यटन १, जलविद्युत् १.५, जीवन बीमा ०.८, अन्य समूह ०.९ प्रतिशतले घटेका छन् । व्यापार र उत्पादन समूह केही बढेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया