Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

२७ अंकले उकालो लाग्दा चार अर्ब चार करोडको सेयर खरिद–बिक्री


काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३० अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने २७ दशमलव ९० अंकले उकालो लागेर दुई हजार ५८ दशमलव बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७६ अंकले उकालो लागेर तीन सय ८४ दशमलव २९ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय छ वटा कम्पनीहरुको ९६ हजार दुई सय ५२ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड पाँच लाख चार सय ९८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब चार करोड ८८ लाख ५६ हजार चार सय ५४ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा सेयर बजार पुरै हरियो देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया