Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२१ सय २० बिन्दुमा उक्लियो सेयर बजार

२१ सय २० बिन्दुमा उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ३१ दशमलव ६२ अंकले उकालो लागेर २१ सय २० दशमलव ६२ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य दुई अंकले उकालो लागेर तीन सय ८८ दशमलव १७ बिन्दुमा उक्लिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ९४ हजार पाँच सय २६ पटकको कारोबारमा एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र ट्रेडिङ समुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया