Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारनेप्से परिसूचकमा गिरावट

नेप्से परिसूचकमा गिरावट


काठमाडौँ । लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । बुधबार परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ०४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६३ करोड ८७ लाख ८२ हजार छ सय ९१ बराबरको आठ लाख ८९ हजार आठ सय ६८ कित्ता शेयर किनबेच भएको छ ।

सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य बुधबार सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया