काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयरबजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक ३० दशमलव ९२ अंकले घटेर दुई हजार ६७ विन्दुमा झरेको छ ।
कारोबारमा आएका दुई सय ४६ कम्पनीमध्ये दुई सय २६ कम्पनीको सेयरमूल्य घटेको छ । १९ कम्पनीका सेयरधनीले भने कमाएका छन् । एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
यसदिन चार अर्ब १८ करोड छ लाख ३२ हजार रुपैयाँबराबरको एक करोड १५ लाख १४ हजार पाँच सय ७१ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ४८ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३२ खर्ब ४८ अर्ब रुपैयाँ कायम भएको छ ।
फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ३५ प्रतिशतले घटेको छ । यस्तै अन्य समूह दुई प्रतिशत, लघुवित्त एक दशमलव ४७, उत्पादन तथा प्रशोधन एक दशमलव ३३, विकास बैंक एक दशमलव तीन, लगानी एक दशमलव २९, जीवन बीमा एक दशमलव २७, बैंकिङ शून्य दशमलव २२, निर्जीवन बीमा एक दशमलव १५, होटल तथा पर्यटन शून्य दशमलव ७७ प्रतिशत, म्युचुअल फन्ड शून्य दशमलव २६ र व्यापार शून्य दशमलव शून्य एक प्रतिशतले घटेका छन् ।
समाज लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै छ दशमलव एक प्रतिशतले कमाएका छन् । सामलिङ पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै नौ दशमलव ४२ प्रतिशतले गुमाएका छन् । हिमायलन रि–इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै ५४ करोड रुपैयाँको भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया