नेप्से परिसूचकमा ३० दशमलव ५६ अङ्कको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । मंगलबार तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन् । त्यसबाट चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अधिकांश व्यवस्थालाई यथावत राखे पनि आजदेखि लागू हुने गरी स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने र संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था ल्याएको थियो । राससका अनुसार मौद्रिक नीतिको समीक्षाको आंशिक प्रभाव पुँजी बजारमा पनि परेको रुपमा हेरिएको छ ।
मंगलबार सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक दुई दशमलव ४० प्रतिशतले र वित्त समूहको उपसूचक दुई दशमलव २० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ७० प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३२ करोड ५० लाख ४५ हजार ७२ बराबरका चार लाख ७८ हजार पाँच सय ६० कित्ता शेयर किनबेच भएका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया