Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ८० बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ८० बिन्दुमा खुम्चियो सेयर बजार

२७ अंकले ओरालो लाग्दा तीन अर्ब ९४ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ४८ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन २७ दशमलव ८४ अंकले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ बिन्दुमा खुम्चिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय तीन वटा कम्पनीहरुको ६६ हजार एक सय सात पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १४ लाख ८३ हजार छ सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार तीन सय दुई रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार राताम्मै देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया