काठमाडौं । २०८० सालमा उतारचढावका बीच नेप्से परिसूचक ९१ अंक बढेको छ । वर्षको सुरुमा एक हजार नौ सय ३४ बाट खुलेको कारोबार अन्तिम दिन दुई हजार २५ दशमलव सात विन्दुमा कायम भएर बन्द भएको छ । यस हिसाबले वर्ष २०८० सेयर लगानीकर्ताका लागि खासै उत्साहपूर्ण वर्ष रहेन ।
अर्थतन्त्रमा देखिएको मन्दी, उच्च ब्याजदरलगायतका कारण बजार प्रभावित भयो । यस वर्ष सुरुवातमा महँगो ब्याजदर, तरलता अभाव, आर्थिक सूचकहरूमा दबाबलगायतको प्रेसर सेयरबजारले भोग्नुपरेको छैन । ब्याजदरले सेयरबजारमा सिधा असर पार्ने भएकाले यस वर्ष सूचकमा राम्रो सुधार हुने अपेक्षा लगानीकर्ताले गरेका छन् । आर्थिक सूचकहरू सकारात्मक रहे पनि लगानीकर्ताले सेयरबजारमा नीतिगत सुधारको अपेक्षा गरेका छन् । नीतिगत सुधार भएमा बजारले थप गति लिने विश्वास रहेको लगानीकर्ताहरूले बताएका छन् ।
बैंकमा तरलता थुप्रिए पनि कर्जाको माग बढ्न सकेको छैन । यस्तो बेला केन्द्रीय बैंकले कर्जा विस्तार हुनेगरी नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट यस्तो लचकता आउने अपेक्षा गर्न सकिन्छ । यस्तै सेयर धितो कर्जामा लगाइएको लगाम हटाउने र जोखिमभार शतप्रतिशतमा झारेमा बजारमा सकारात्मक माहोल बन्न सक्छ ।
गतवर्ष अर्थतन्त्रमा देखिएको संकुचनको असर कम्पनीहरूको वित्तीय विवरणमा भने देखिएको छ । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यस आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १३ प्रतिशत घटेको छ । यसबाट कम्पनीहरूको नाफा वितरण खुम्चिन सक्छ । वितरणयोग्य मुनाफा कम हुँदा सम्बन्धित कम्पनीको सेयरमूल्यमा दबाब पर्न सक्छ । यसको असर समग्र सेयर बजारमा पर्ने देखिन्छ ।
रेखाचित्र विश्लेषण गर्दा गतवर्ष नेप्से परिसूचक १८ सय विन्दुभन्दा तल झर्न सकेन भने २२ सयभन्दा माथि जान पनि सकेन । यसबाट सर्वसाधारण लगानीकर्ताले खासै लाभ लिन सकेनन् । तर, चलाख र अल्पकालीन लगानीकर्ताले भने राम्रै फाइदा लिएको देखियो ।
विश्व बैंक र एसियाली विकास बैंकले समेत नेपालको अर्थतन्त्रमा क्रमिक सुधार हुँदै गएकोे बताएको छ । गतवर्षभन्दा यस वर्ष अर्थतन्त्र केही चलायमान बन्ने प्रक्षेपण पनि गरेको छ । यसले आर्थिक गतिविधि बढ्ने कुरामा विश्वास गर्न सकिन्छ । किनभने अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकहरू क्रमशः सकारात्मक बन्दै गएका छन् ।
दीर्घकालमा सेयर बजारबाट राम्रो अपेक्षा गर्न सकिए पनि अल्पकालमा कस्तो प्रवृत्ति देखा पर्छ र नयाँ वर्षलाई कसरी स्वागत गर्छ भन्ने कुरा आइतबारको कारोबारपछि नै थाहा हुनेछ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया