साताको शेयर बजार : साढे १ प्रतिशतको गिरावट, औषत कारोबारमा पनि कमी
काठमाडौं । यो हप्ता शेयर बजार परिसूचक (नेप्स) साढे एक प्रतिशत भन्दा बढीले घटेको छ । गत हप्ताको तुलनामा यो हप्ता शेयर बजारमा एक दशमलव ६८ प्रतिशतको गिरावट आएको हो ।
गत हप्ताको अन्तिम कारोबार दिन १९९८ दशमलव ९६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात ३२.७३ अंक घटेर १९६६ दशमलव २३ विन्दुमा कायम भएको छ । यो हप्ताको पाँच कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो । यस साताको मंगलबार र बिहीबार नेप्से बढेको थियो । अन्य दिने शेयर बजार ऋणात्मक बनेको थियो ।
यो हप्ता सेन्सेटिभ इण्डेक्स १.५३ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.६१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ प्रतिशत घटेको छ । यो साता नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता दैनिक औषत ३ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब ९० करोडको शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको कारोबार रकम २०.४४ प्रतिशत कम हो । त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २१.८४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.७१ प्रतिशत घटेको छ ।
यो साता १३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक बढेको हो । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सर्वाधिक ४.४१ प्रतिशत बढेको छ भने लघुवित्तको २.५९ प्रतिशत बढेको छ ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३७ प्रतिशत घटेको छ। गत साता ६५४५.८२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता २८६.२६ प्रतिशत घटेर ६२५९.५६ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३३१.३४ अंक घटेको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया