Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारशेयर बजारमा हरियाली, परिसूचक दुई हजार विन्दु नजिक

शेयर बजारमा हरियाली, परिसूचक दुई हजार विन्दु नजिक


काठमाडौं । आज शेयर बजार परिसूचक (नेप्से) मा हरियाली छाएको छ । अघिल्लो दिन पनि सामान्य बढेको शेयर बजारमा सोमाबार दोहोरो अंकको सुधार भएको हो ।

शेयर बजार कारोबार हुने साताको दोस्रो दिन परिसूचक २४ दशमलव ३९ अंकले बढेको हो । यो अघिल्लो कारोबार भन्दा एक दशमलव २३ प्रतिशतले बढी हो । शेयर बजारमा हरियाली छाएको दिन सोमबार नेप्से परिसूचक दुई हजार विन्दु नजिक पुगेको छ । आजको कारोबार बन्द हुँदा परिसूचक १९९८ दशमलव ८९ विन्दुमा पुगेको छ । आज शेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एक सय ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज दिनभर तीन सय २० कम्पनीका ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार आठ सय २८ पटक खरिद बिक्री भएको छ । जसबाट तीन अर्ब ४० करोड ८६ लाख आठ हजार एक सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सन्सेटिभ इन्डेक्स पाँच दशमलव ८३ अंकले बढेर तीन सय ५६ दशमलव ६५ विन्दुमा पुगेको छ ।


क्याटेगोरी : शेयर बजार


तपाईको प्रतिक्रिया