सेयर बजारमा देखियो उछाल
४५ अंकले उकालो लाग्दा पाँच अर्ब भन्दा बढीको सेयर खरिद–बिक्री
काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दे अर्थतन्त्रलाई सहज बनाउन खुकुलो नीति अवलम्बन गरेको थियो । त्यसैको प्रभाव आज सेयर बजारमा देखिएको छ ।
साताको पहिलो कारोबार दिन आज आईतबार सुरुवाती कारोबार समय देखि नैं बक्न थालेको बजार परिसुचक अन्तिम समयमासम्म ४५ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार ६४ दशमलव ४५ बिन्दुमा कायम रहन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३९ बिन्दुले उकालो लागेर तीन सय ६६ दशमलव ७६ बिन्दुमा चढ्न सफल भएको छ ।
धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ७४ हजार नौं सय ९१ पटक सेयर कारोबार भएको छ । जसबाट एक करोड २२ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ पुग्न सफल भएको छ ।
धितोपत्र बजारमा आज कारोबार भएका १३ वटा उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै समुहहरुका सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया