बजार परिसुचक २१ सय १५ बिन्दुमा
झण्डै २४ अंकले उकालो लाग्दा पाँच अर्ब २० करोडको सेयर किनबेच
काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ५४ अंकले उकालो लागेको बजार परिसुचक (नेप्से) साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २३ दशमलव ९४ अंकले उकालो लागेर २१ सय १५ दशमलव ९४ बिन्दुमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५३ अंकले उकालो लागेर तीन सय ७७ दशमलव ६० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ७३ हजार छ सय ६७ पटक सेयर कारोबार भएको छ । जसबाट एक करोड ३२ लाख ४१ हजार दुई सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २० करोड ६२ लाख आठ हजार एक सय ११ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज बिकास बैंक र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् । यि बाहेकका बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
- अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा
- पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया