Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुइ हजार ७६ बिन्दुमा खुम्चियो सेयरबजार

दुइ हजार ७६ बिन्दुमा खुम्चियो सेयरबजार

१८ अंकले ओरालो लाग्दा चार अर्ब पाँच करोडको सेयर किनबेच


काठमाडौं । बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से १८ दशमलव ७६ अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ४९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव २० बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ५८ हजार एक सय १९ पटक सेयर किनबेच भएको छ । जसबाट ९५ लाख ४४ हजार सात सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै राताम्मै भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x