Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ६८ बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ६८ बिन्दुमा खुम्चियो सेयर बजार

१० अंकले ओरालो लाग्दा तीन अर्ब ८७ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव २७ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज बिहिबार भने १० दशमलव ४४ अंकले ओरालो लागेर दुई हजार ६८ दशमलव ३१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय छ वटा कम्पनीहरुको ५३ हजार १७ पटकको कारोबारमा ८६ लाख ६३ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ८७ करोड सात लाख ४४ हजार नौं सय तीन रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x