Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारपहिलो दिन नौं ओरालो लाग्यो सेयर बजार

पहिलो दिन नौं ओरालो लाग्यो सेयर बजार

पाँच अकले घट्दा चार अर्ब ३७ करोडको कारोबार


काठमाडौं । सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक पाँच दशमलव ३७ अंकले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६३ अंंकले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ६१ हजार पाँच सय १३ पटक सेयर किनबेच भएको छ । जसबाट ९५ लाख ६१ हजार सात सय २७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x