Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारतीन दशमलव २१ अंकले उक्लियो सेयर बजार

तीन दशमलव २१ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ३७ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव २१ अंकले उकालो लागेर दुई हजार ६६ दशमलव १६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३९ अंकले उकालो लागेर तीन सय ६४ दशमलव ८१ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ६६ हजार पाँच सय १९ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब सात करोड ७२ लाख ६६ हजार एक सय १६ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, फाईनान्स, जलबिद्युत, लघुवित्त, सामुहिक लगानी कोष र अन्य सहितका छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x