Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारपाँच दशमलव ६० अंकले उक्लियो सेयर बजार

पाँच दशमलव ६० अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुुचक उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव २१ अंकले उक्लिएको बजार परिसुचक नेप्से आज पुन पाँच दशमलव ६० अंकले उकालो लागेर दुई हजार ७१ दशमलव ७७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २० अंकले उकालो लागेर तीन सय ६५ दशमलव शुन्य दुई बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १९ पटकको कारोबारमा ६० हजार आठ सय ५८ पटक सेयर किनबेच भएका छन् । जसबाट ९४ लाख ३५ हजार चार सय ५४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ रुपैयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, निर्जीवन बीमा, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x