Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ६० बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ६० बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ६० अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ११ दशमलव ६० अंकले घटेर दुई हजार ६० दशमलव १६ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २७ अंकले घटेर तीन सय ६२ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ५४ हजार सात सय ९३ पटक सेयर किनबेच भएको छ । जसबाट ८७ लाख २७ हजार एक सय ६४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैक, बिकास बैंक, जलबिद्युत, बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x