Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदोहोरो अंकले ओर्लियो सेयर बजार

दोहोरो अंकले ओर्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १४ दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार ३७ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४२ अंकले ओरालो लागेर तीन सय ५८ दशमलव ७५ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ५० हजार नौं सय ५२ पटक सेयर किनबेच भएको छ । जसबाट ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र उत्पादनमुलक उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x