Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजारमा राजनीतिक प्रभाव: सरकार परिवर्तनको खेलसगै ४७ अंकले उक्लियो सेयर बजार

सेयर बजारमा राजनीतिक प्रभाव: सरकार परिवर्तनको खेलसगै ४७ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्यमा राष्ट्रिय सहमतीको सरकार बन्ने नयाँ कसरत संगैं साताको तेस्रो कारोबार दिन आज मंगलबार सेयर बजारमा उछाल आएको छ ।

अघिल्लो दिन १६ दशमलव २९ अंकले उकालो लागेको बजार परिसुचक नेप्से सत्ता समिकरण परिवर्तन हुने संकेत संगै कारोबार खुलेको पहिलो दुई मिनेटमा नैं चार प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । त्यसको २० मिनेटपछि खुलेको नेप्से पहिलो मिनेटमा नैं पाँच प्रतिशतले बढेपनि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि नेप्से बन्द रहेको थियो ।

सत्ता समिकरण फेरबदल संगै अर्थमन्त्रीमा नेकपा एमालेकातर्फबाट बिण्णु पौडेलको संभावना रहेको आंकलन संगै सेयर बजारमा उछाल आएको हो । दोस्रो सर्किट ब्रेकसगै केही सम्हालिएको नेप्से अन्तिम समयसम्म आईपुग्दा ४७ दशमलव शुन्य चार अंकले बढेर २१ सय दशमलव ४३ बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९४ प्रतिशतले बढेर तीन सय ७० दशमलव ७१ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ६० हजार सात सय २० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १६ लाख ४५ हजार नौं सय पाँच कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x