Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२१ सय ३६ बिन्दुमा खुम्चियो सेयर बजार

२१ सय ३६ बिन्दुमा खुम्चियो सेयर बजार

चार अंकले ओरालो लाग्दा चार अर्ब ५६ करोडको सेयर खरिद बिक्री


काठमाडौं । सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन २१ दशमलव १७ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज सोमबार भने चार दशमलव ६२ अंकले ओरालो लागेर २१ सय ३६ दशमलव ३५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य चार दशमलव ७६ अंकले ओरालो लागेर तीन सय ७७ दशमलव ४५ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ५९ हजार नौं सय ७४ पटकको कारोबारमा एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल कारोबार रकम चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन । जसमध्ये फाईनान्स, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x